अपडेट 
२०८१ मंसिर १९, बुधबार ०७:३९

बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

जनकपुरधाममा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन यही मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रति लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विदा घोषणा गरिएको जानकारी दिए । उनले प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News