अपडेट 
२०८१ मंसिर १९, बुधबार ०८:४८

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्।

मंगलबार साँझ लागु गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्।

राष्ट्रियसभामा उपस्थित १९० सांसदले सर्वसम्मतिले यो निर्णयको विरोध गरेका थिए । त्यसपछि मार्शल ल हटाइयो।

दक्षिण कोरियाका राष्ट्रपति योलले भने, ‘राष्ट्रिय सभाको मागमा मार्सल ल (सैनिक कानुन) हटाइएको छ र सेना फिर्ता गरिएको छ। म राष्ट्रिय सभाको मागलाई स्वीकार गर्दछु।’

Comment


Related News

Latest News

Trending News