अपडेट 
२०८१ मंसिर २०, बिहीबार ०६:१३

मुख्यमन्त्री सतीशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा बुधबार प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनमा बोल्दै मुख्यमन्त्री सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भएको दाबी गरेका छन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेशी कोटा रहे पनि सो अनुसार नियुक्ति हुन नसकेको प्रसंग उल्लेख गरे । उनले मधेशीहरूको योग्यता नपुगेको भए सुधार गर्नुपर्ने तर्क अघि सार्दै उनले न्यायाधीश नियुक्तिबारे यथार्थ जानकारी दिन संघीय सरकारसंग आग्रह गरे । उनले मधेशमा शिक्षाको स्थिति कोमामा पुगिसेको समेत बताए ।

मुख्यमन्त्रीले भने, ‘हाम्रो मधेश प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो कि अब हाम्रो मधेश प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्न माथिदेखि तलसम्म सोच परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा मधेशी कोटामा बेइमानी जस्तो भएको महसुस भइरहेको छ । संघीय मन्त्री यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको गुणस्तर नै भएन कि भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । विस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

Comment


Related News

Latest News

Trending News