अपडेट 
२०८१ मंसिर २०, बिहीबार ०६:२१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न उनीहरूसहित १४ जनामाथि बुधबार पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान थाल्न बुधबार प्रहरीलाई अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए । सभापति लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सो सहकारीबाट ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ ।

यसअघि लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाण्डु र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी रहेको छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकै बेला प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ । बुधबार उनलाई चितवनमा लगेर बयान लिने कार्य भएको छ । चितवनपछि उनलाई वीरगञ्जमा बयानका लागि ल्याइने छ । यसअघि रुपन्देही र काठमाण्डुमा लगेर बयान लिइसकिएको छ ।

Comment


Related News

Latest News

Trending News