२०८१ मंसिर २०, बिहीबार ११:२९

सिरहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको थियो।

घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। सडकमा पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानैदेखि गाडी चल्न सकेका छैनन्। स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले अटो चालकलाई पक्राउ गरिएको जानकारी दिए। ‘सडकको अवरोध खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी पासवानले भने।

Comment

Related News

Latest News

Trending News