अपडेट 
२०८१ मंसिर २१, शुक्रबार ०७:५०

जनकपुरधाममै नगरवासीहरुले प्रहरीबाट पीडित रहेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलावासीले आफूहरुलाई आफ्नै जग्गा खाली गराउन प्रहरी प्रशासन रात परेपछि लखेट्ने गरेको गुनासो गरेका छन् । ३० वर्ष अगाडि जग्गा मोल लिएर बसोबास गर्दै आए पनि प्रहरी प्रशासनले आफूहरुलाई अचानक अहिले आएर लखेट्न राति– राति आउने गरेको आरोप स्थानीय मुस्लिम राईनले लगाए ।

राइनले जनाए अनुसार तत्कालीन बिन्धी गाविसका जमिन्दार हरिहर प्रसाद रेग्मीको १८ कठ्ठा जग्गा थियो । अहिले रहेको मस्जिदको सडकको पारीपट्टीको त्यो १८ कठ्ठाको प्लटबाट जग्गा मोल किनेर त्यहाँका स्थानीय बास बसेका थिए । राइनले भने ‘आफू रेग्मीजीको कार्यकर्ता थिएँ, उनकै आदेशानुसार मैले रुपैयाँ लिएर जग्गा रजिष्ट्री गराएको थिएँ ।’ ३० वर्ष अगाडि उहाँबाट जग्गा किने, पछि रेग्मीजी यहाँ नरहेको भन्दै हामी घर बनाएर बस्न थाल्यौँ ।’ तर उनको नाती अचानक अहिले आएर मेरो १४ धुर जग्गा यसमा बाँकी छ, मलाई दिनु पर्यो भन्दै परेशान गर्ने गरेको राइनले बताए । उनले प्रहरी प्रशासन समेत पैसाबलाको बोली सुनेर राति राति लखेट्नका लागि आउने गरेको दुःखेसो पोखे ।

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थानीय नेता रञ्जीत चौधरीले जिल्ला प्रहरीले यहाँका गरिब तथा विपन्न परिवारलाई राति राति आएर धपाउने, मानसिक यातना दिने, कुटपिट गरी परेशान गर्ने गरेको प्रहरीमाथि आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News