२०८१ मंसिर २१, शुक्रबार ०८:२८

नेपाल भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालको संयुक्त आयोजनामा जनकपुरधाम स्थित गोपाल धर्मशाला, राम चाकमा निःशुल्क स्वास्थ्य शिविर तथा आगन्तुक सहायता कक्षको आयोजना गरिएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सवमा आउने श्रद्धालु भक्तजनहरुलाई स्वास्थ्यको सुविधाका साथै सहयोगको अभिप्रायका साथ बिहीबारदेखि सम्वाद समूह र क्लोथ बैंकका अध्यक्ष डा. राजीव झाले उद्घाटन गर्दै सुरुवात गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष झाले शिविरमा स्वास्थ्य सेवा लिन र आगन्तुक सहायता कक्षको लाभ उठाउन सबैमा अनुरोध गरेका थिए ।

सो कार्यक्रमका मुख्य उद्देश्यहरू मध्ये स्वास्थ्य सेवा, यात्री आवास, पानी, चिया तथा आवश्यक पर्नेलाइ जिल्ला भरी निःशुल्क एम्बुलेन्स सेवा पहुँच विहीन व्यक्तिहरूलाई सेवा प्रदान गर्ने, आगन्तुकलाई सहयोग गर्ने, र स्थानीय तथा क्षेत्रीय समुदायलाई निःशुल्क परामर्श उपलब्ध गराउनु समावेश छ । अध्यक्ष डा.झाले सामाजिक कार्यका लागि अग्रसर यी संस्थाहरूले स्थानीय जनताको जीवनमा सुधार ल्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सो कार्यक्रममा क्लोथ बैंकका कोषाध्यक्ष रुबि झा, कार्यक्रम संयोजक रञ्जीत झा, कृष्णकुमार साह इन्जिनियर मनिष ठाकुर, धनेश्वर ठाकुर, नेपाल भारत खुला सिमा संवाद समूहका प्रदेश सहसंयोजक दीपक यादवलगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News