अपडेट 
२०८१ मंसिर २१, शुक्रबार ०८:३४

त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले हरेक वर्ष विवाहका पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित अनुपम सामाजिक, सांस्कृतिक र धार्मिक महोत्सवमा मिथिलावासीको भावपूर्ण आनन्दमिश्रित सहभागिता रहनुका साथै परम्परागत रुपले विवाहोत्सवसँग सम्बन्धित मैथिल विधिविधान र विवाह पद्धति अनुरुपको आचार व्यवहारको लालित्यपूर्ण पुनरावृत्तिले सीतारामको सम्बन्धलाई पुनर्जीवित गर्दछ ।

विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अंकित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ । रामकाव्य परम्परा अन्तर्गत सीता नारी भावनाको चरमोत्कृष्ट निर्देशन हो भने त्यसमा नारी आदर्श सप्रमाण एवं जीवन्त छ ।

नारी पात्रहरुमा सीताको विनयशीला, लज्जाशीला, संयमशीला, सहिष्णु र पतिव्रतको दीप्तिले देदीप्यमान छ । सम्पूर्ण रामकाव्य सीताको तप,त्याग एवं बलिदानले प्याप्त छ । आदर्श श्रीमतीको चरित्र सीताको चरित्र त्यो बेला दृष्टिगोचर हुन्छ जब रामद्वारा वनमा संगे नलाने प्रेरणा गरेपछि सीताको अन्तिम निर्णय यो शब्दमा पाइन्छ ः

प्राणनाथ तुम्ह दिनु जग माही ,मो कहुँ सुखद कतहुँ
कछु नाही
जिय बिन देह नदी बिन बारी ,तैसिअ नाथ पुरुष बिनु
नारी
मैं सुकुमारी नाथ बन जोगु , तुम्हहिं उचित तप मो कहुँ
भोगू

विषम परिस्थितिमा स्त्रियोचित्त मनोबल एवं गरिमाको परिचय दिएको प्रसंग यसरी उल्लेख छ ः साहं त्वया गमिष्यामी वनम न संशयः । नाहं शक्या महाभाग निवर्तयितु मुह्यता । सीताको दृढताको परिचायकबोधक यी भावले तार्किक प्रखर व्यक्तित्वलाई स्पष्ट गर्दछ । सीता त्यो पवित्रता भएकी नारी हुन जसले आफ्नो स्वाभिमानको रक्षा गर्न जानेकाी छन । पीडालाई कमजोरी बन्न नदिने, सन्तानलाई चारित्रिक उज्ज्वलता, दृढता एवं श्रेष्ठ मूल्य दिन्छन । सीता युगजीवनकको मर्यादा अनुरुप श्रमसाध्य जीवनयापनमा गौरवको अनुभव गराउने नारी छिन् ।

लोकापवादका कारण सीता निर्वासित हुन्छिन् तर न त उनी उदार हृदय र सहिष्णु चरित्रलाई परित्याग गर्दिन न त पतिलाई दोष दिन्छिन्, उनी त्यसलाई लोकोत्तर त्याग भनी शिरोधार्य गरी श्रेष्ठता साबित गरेकी छन् । सीता धरतीबाटै प्राकट्य भइ ऋषिमुनिसँगै पालित भएकी छन् । पवित्र भूमिको हलो रेखाबाट सीता प्राप्त भएपछि कृषकहरुले भने उनी जनकको बीज फल होइन अनि उनको छोरी कसरी हुन सक्छिन् ? यस प्रश्नको उत्तरमा राजा जनकले भने – पितृत्व बीजबाट होइन , ह्रदयभित्र अंकुरित हुन्छ । यही भावभूमिमा जनकले घोषणा गरे– उनी धरतीको छोरी भूमिजा हुन् , म उनलाई सीता भन्छु । सीता प्रकृतिको पालिका बन्ने तथा मानव सभ्यताको उदय हुने मूर्त रुप बनेर स्थापित छिन् ।

वेदमा सीताको उर्वरतालाई भगवतीको रुपमा मान्यता दिइएको छ । महाभारतको राम उपाख्यानमा सीतालाई जनकको जैविक पुत्री उल्लेख छ । सीताको प्राकट्य बारे विभिन्न आख्यान भए पनि हामीलाई राजा जनककी छोरी सीता मान्य छ, जो नारीको आदर्श छिन । अतः सीता अपरिमित, असीम, अपरिभाषित र अनन्त छिन । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासकासाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् । एउटा आश्चर्यको कुरा के छ भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा रामको र अथवा सीताको स पाइन्छ ।

र एवम् स मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ । मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताकारूपमा विवाह गर्ने चलन छ । मैथिल संस्कृति अनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकीमन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगि स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस्तै सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दे आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवमा विदाईको क्षण अत्यन्त कारूणिक हुन्छ म,होत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई विदाई गरे झैँ भक्कानो छाडेर रूने गर्छन्, सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ । सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाह झैं अनुभूति हुने गरेको छ । महोत्सवले पनि मिथिलाको प्राचीन स्वरूप र त्ससबखतको सांस्कृतिक उत्कर्षलाई प्रसङ्गहरूलाई प्रस्ट गर्दछ । जसले सम्पूर्ण जीवनशैलीलाई अत्यन्त सहज, अकृत्रिम, स्वाभाविक बनाएको पुष्टि हुन्छ । यसकारण पनि मिथिलावासीद्वारा रामलाई ज्वाइँ र भिनाजुकारूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीताराम विवाहमा यसरी आशीष दिने गर्छन ः

चलु सखी देबअ चुमाओन हे
जनकजीके अँगना ।

वर्तमान समयमा पनि सीतारामको विवाहको आयोजनाले हिन्दू संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको छ । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय रहेको छ । रामायण अनुसार जनकपुरधामको बाह«विघामा आयोजना गरिएको सो स्वयम्वरमा देवीदेवताको उपस्थिति रहेको थियो ।

यसै प्रसंगलाई विभिन्नपक्षद्वारा प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु नै सीताराम विवाह महोत्सवको विशेषता हो । मिथिलामा कुनै पनि धार्मिक –सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा पाइन्छ । त्यसैले पनि मिथिलावासी प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीता विवाह गर्ने गरेका छन् । हरेक आमा सीताकी आमा सुनयनाझैं यसरी गीतमा गाउँछिन् ः

एक दिन आहे सीता मन्दिर निपय गेली
धनुषा देल ओङ्गठाय
घरसँ बहार भेली सुनयना
बैस गेली देहरि झमाय…………. ।

एक दिन सीता मन्दिर निप्नेक्रममा शिवधनुष उचालेको दृश्यले सुनयना सीताको विवाहले पीर प¥यो ) मिथिलामा सीताराम विवाहको सन्दर्भ सांस्कृतिक रंगले रोगन गरिएको देखिन्छ । रामको स्वरूपलाई भागवत्को दसौं स्कन्धमा चित्रित श्रीकृष्णको नजिक मिथिलावासीले मान्ने गरेका छन् । सीतारामका प्रसङ्ग झोपडीदेखि महलसम्म, बालकदेखि वृद्धसम्म, पुरूषदेखि महिलासम्म पाइने गरेका कारण मिथिलाका नारी हरेक दुलहालाई रामकारूपमा यसरी मनोविनोद गर्ने गरेको देखिन्छः

राम लखनसन सुन्दर वर के
जनि केओ पढिओन गारि हे
केवल हास विनोदक पुछिओन सजनी
कहता कनेक विचारी हे……….. ।

राम र लक्ष्मणजस्ता सुन्दर वरलाई गाली नगरौं , मात्र हास्यविनोद हुने प्रश्न गरौं , जसलाई उहाँले विचार गरी जवाफ दिनुहुनेछ ) यस्तै भावभूमिमा सीताराम विवाह महोत्सवमा हिन्दुका अतिरिक्त बौद्ध, शिख र इसाई धर्मावलम्बीहरू पनि सामेल भइ सीताराम विवाह प्रसङ्गलाई जीवन्त बनाउने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुृसार मटकोर, तिलकोत्सव, स्वयम्वर र विवाह गरिँदा त्रेतायुगको झलक यस कलियुगमा देख्न पाइन्छ ।

यस अन्तर्गत पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी बाह«विघा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी बाह्रविघामा लगिने प्रचलन रही आएको छ । बाह«विघामा स्वयमवर र वैवाहिक विधि सम्पन्न भएपछि प्रतीकात्मक सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । जनकपुरधामका बारेमा मिथिला महात्म्यमा यस किसिमले वर्णन गरिएको छ :

जानकी जन्मभूम्यां यः प्राणत्याग करौति वे
न याति विष्णु पदवी पापरागिनी पि हि ……….

अर्थात जानकीको जन्मभूमिमा जसको देह त्याग हुन्छ, त्यो व्यक्ति सयौं पापको भागी भएर पनि विष्णुलोक पुग्छन्। यही भावले पनि जनकपुरधाम नपुगेकाहरू एकपटक यहाँ आउन चाहन्छन् । यसका लागि सीताराम विवाह महोत्सवलाई सुवर्ण अवसरका रूपमा मानिएको छ । बाह«विघामा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँ–गाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौं सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सवमा वास्तविक विवाहझैं रमाइलो गरिने चलन रहेको छ । उठु उठु सखी लावा छिडिआउ, लावा अनुपम जोडी, सुन्दर जोडी जस्ता गीतको भावमा आह्लादपूर्ण युग परिवर्तक विलक्षण सम्मिलन आध्यात्मिक र सांस्कृतिक चेतनाको प्रेममय महोत्सवको क्षणलाई जनक अंगनामा यसरी व्यक्त गर्ने गरिएको छ :

आनन्द बाजन बाजत सखी सब आनन्द हे
आनन्द अहीक अपार उमरी चारु आनन्द हे
सिया हे सिया अहा पाबि गेलहुँ राम सन वर हे सिया
अवधपुरी सन सासुर सिया , जनकपुरी नैहर हे सिया
…….. ।

Comment


Related News

Latest News

Trending News