अपडेट 
२०८१ मंसिर २२, शनिबार १५:१६

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन बनायो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देब खनालले ५३ रन बनाए ।

विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । यस्तै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए ।

Comment


Related News

Latest News

Trending News