२०८१ मंसिर २३, आईतवार ०८:०५

नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागीले जीवनयात्रामा निकै अनौठो र रमाइलो अनुभव गरेको सुनाएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा राजदूत बासले आफूले कहिल्यै कल्पना समेत नगरेको भगवानको विवाहमा सहभागी हुने अवसर पाउँदा निकै खुसी लागेको बताए । राजदूत बासले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण आफ्नो देश अहिले निकै कठिनाइबाट गुज्रिरहेको जनाउँदै तत्काल चाहेर पनि आवश्यक सहयोग गर्न असमर्थ रहे पन भविष्यमा मधेश प्रदेशका लागि इजरायल सरकारद्वारा विशेष खालका कार्यक्रमहरू ल्याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफ्नो भ्रमणको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसंग पनि भेटघाट गरेको बताए । जानकी मन्दिरको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर बजरंग साहद्वारा विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आमन्त्रण पाएपछि आफू जनकपुरधाम आएको समेत खुलाए । उनले आफ्नो मुलु्कमा युद्धको कारण थुप्रै जनधनको क्षति भएकोले तत्कालै चाहेर प िन सहयोगको वातावरण नरहेको स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News