अपडेट 
२०८१ मंसिर २३, आईतवार ११:३५

विनिता कामत

मधेश प्रदेश सरकारल ेछोरीहरूको भविष्य सुरक्षाका लागि शुरु गरेको ‘छोरी बीमा योजना’निकै लाभदायक र प्रभावकारी साबित भएको छ । छोरीको शिक्षामा लगानी गर्ने र छोरीको सुरक्षामा ध्यान दिने उद्देश्यका साथ यो योजना अगाडि ल्याइएको हो ।

यो योजनाले‘छोरी बचत शिक्षा’को महत्वलाई उजागर गर्दै छोरीहरूलाई शिक्षामा प्रोत्साहित गर्ने र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न पनि मद्दत पु¥याइरहेको छ।

मधेश प्रदेश सरकारको तथ्यांक अनुसार यो योजनामा अहिलेसम्म कुल ३८ करोड ५३ लाख २६ हजार रुपैयाँ खर्च भएको छ।

छोरी बीमा योजनामा सहभागी हुन बच्चाको जन्मदर्ता अनिवार्य गरिएको छ । यसकालागि आमाबुबाको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र आवश्यक पर्छ, जसले बच्चाको औपचारिक पहिचानलाई सुनिश्चित गर्दछ । जन्मदर्ता गर्नका लागि आमाबुबाको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र पनिआवश्यक पर्दछ । यसले बालबालिकाको जन्मदर्तासँगै आमाबुबाको विवाहदर्तालगायतको अभिलेखलाई अद्यावधिक गर्न समेत सहयोग पुगेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

जन्मदर्ताको प्रक्रियालाई योजनासँग जोडेर प्रदेश सरकारले छोरीहरूको अधिकार सुनिश्चित गर्ने पहल गरेको छ।छोरी बीमा योजनामा सहभागी हुन चाहने बालिकाका अभिभावकले जन्मको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । यसकालागि उनीहरूले कानूनी रूपमा आफ्नो नागरिकता र विवाहको प्रमाणित कागजात अनिवार्य रूपमा पेश गर्नुपर्छ। यसले एकातिर अभिभावकको पहिचान र बालिकाको अधिकार सुनिश्चित गर्ने काम गरेको छ भने अर्कोतिर सामाजिक सुरक्षाको अवधारणा समेत बलियो बनिरहेको छ।

छोरी बीमा योजना अन्तर्गत प्रत्येक वर्ष यस प्रदेशक ाछोरीहरू लाभान्वित हुने गरेका छन् । प्रदेश सरकारको तथ्यांकअनुसार योजना सुरु भएको पहिलो आर्थिक वर्ष २०७५।०७६ मा जम्मा ५हजार ६६६ जनाले यसबाट लाभ लिएका थिए । त्यस पछिको आर्थिक वर्ष २०७८।०७९ मा १हजार ७०२जना लाभान्वित भए भने आर्थिक वर्ष २०७९।०८० मा ३ हजार ३०२ जना लाभान्वित भएको तथ्यांकबाट देखिन्छ ।

यसै गरी आर्थिक वर्ष २०८०।०८१ मा ३ हजार ७८३ जना लाभान्वित भएको तथ्यांक छ । चालुआर्थिक वर्ष २०८१।०८२ मा हालसम्म १ हजार ५ सय जना बालिकाहरू लाभान्वित भइसकेका छन् ।

यो योजन ाअन्तर्गत छोरीहरूको स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षाका क्षेत्रहरु समेटिएको छ । यस योजनाले आर्थिक रूपमा कमजोर वर्गका छोरीहरूको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण सघाउ पुगेको अभिभावकहरुको भनाइ छ ।

शिक्षामा पहुँच

यो योजनाको मुख्य उद्देश्य छोरीहरूको शिक्षाम ापहुँच सुनिश्चित गर्नु हो। योजनाबाट लाभान्वित हुने छोरीहरूको परिवारलाई वित्तीय सहायत ाप्राप्त हुने भएकाले उनीहरूलाई शिक्षाको अवसर थप सहज बनेको छ ।

आर्थिक रुपमा कमजोर परिवारले पनि छोरीलाई स्कुल पठाउन सक्ने भएकाले शिक्षामा छोरीहरूको पहुँच बढेको छ । पहिले विद्यालय नपठाउने अभिभावक पनि अहिले छोरीलाई विद्यालय पठाउन उत्साहित देखिने गरेका छन् भने विचैमा पढाइ छोड्ने प्रवृत्तिपनि बढेको छ । यसले मधेशमा छोरी माथिको विभेद पनि घटेको सामाजिक अभियन्तहरुको भनाइ छ ।

स्वास्थ्य र पोषणमा सहयोग

छोरी बीमा योजनाले छोरीहरुको स्वास्थ्य र पोषणमा पनि ठूलो योगदान दिएको छ । यस योजना अन्तर्गत प्राप्त हुने बीमा रकमले छोरीहरूको स्वास्थ्य र पोषणमा ध्यान दिन आफूहरुलाई निकै सहयोग पुगेको अभिभावकहरु बताउँछन् ।
योजना अन्तर्गतको रकमको उपयोगले बालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पारेको देखिन्छ । चिकित्सकहरुका अनुसार, विगतको तुलनामा अहिले यहाँका बालिकाहरुको स्वास्थ्य अवस्थामा सजगता बढेको, अस्वस्थ हुँदा चिकित्सककोमा ल्याउने र चिकित्सकको सुझाव अनुसार खानपानमा समेत ध्यान दिने हुँदा पोषणको अवस्थामा सुधार देखिनथालेको पाइएको छ ।

विवाहर सामाजिक सुरक्षामा सुधार

यस योजनाले छोरीहरूको विवाहको उमेर बढाउन र उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न पनि महत्वपूर्ण सहयोग पु¥याएको छ।
पहिले बालिकाको शिक्षा र रोजगारी भन्दा विवाहतर्फ बढी चिन्ता गर्ने प्रवृत्तिका कारण छिटो विवाह गर्ने चलन बढी देखिन्थ्यो । यो योजनाको कारण उनीहरुको शिक्षामा मात्र नभई सानो उमेरमै विवाह गरिदिने प्रवृत्तिमा समेत सुधार हुन थालेको पाइएको छ ।
यो योजनाले बालिकाको भविष्यको खर्च धान्न सक्ने आधार बनाइदिने भएकोले उनीहरूको शीघ्र विवाह गराउन अभिभावकमाथि पर्दै आएको दवाव निकै घटेको स्थानीय शिक्षकहरु बताउँछन् । फलतःयसले बालविवाहको दर घटाउन र समाजमा सकारात्मक प्रभाव पार्न मद्दत गरेको छ।

सामाजिक हैसियतमा सुधार

छोरी बीम ायोजनाले समाजमा छोरीको महत्व र सम्मान पनि बढाउँदै आएको छ । छोरीलाई शिक्षित र स्वस्थ बनाउने समाजको मनोविज्ञान विकास गर्न यो योजना महत्वपूर्ण बनिरहेको छ।
समयको क्रमसँगै छोरा र छोरीबीचमा समानताको भावना विकास हुँदै गएको बेला यो योजनाले पनिछोरीलाई समानअवसर दिने समाजमानयाँ सोच र दृष्टिकोणको विकास गराउन सहयोग गरेको छ ।

बचत संस्कार र आर्थिक सहयोग

यो योजना अन्तर्गत छोरीका लागि बीमाखाता खोल्नु अनिवार्य गरिएको छ । यसले एकातिर बैंकसँगको सम्बन्ध जोडिएको छ भने अर्कातिर आर्थिक योगदान गर्दै भविष्यका लागि बचत गर्ने अवसर समेत मिलेको छ। योजनाकै कारण अभिभावकले छोरीको भविष्यको लागि थप सुरक्षा मिलेको महसुस गरिरहेका छन् ।

योजना कार्यान्वयनमा चुनौती

छोरी बीमा योजनाका सकारात्मकपक्षसँगै यसमा थुप्रै चुनौतीहरु पनि देखिएको छ । सम्बद्ध अधिकारीहरुका अनुसार सबैभन्दा पहिलो चुनौती योजनाको समान कार्यान्वयनमा छ । किनभने यसको लाभ शहरी क्षेत्रका बासिन्दा र टाठाबाठाहरुले उठाइरहे पनि योजनाको प्रतिफल ग्रामीण तथा पिछडिएका समुदायमा पु¥याउन अझै सकिएको छैन ।
त्यसको एउटा कारण चेतनाको अभाव छ भने अर्को कारण कानुनी प्रक्रिया रहेको छ ।
कतिपय अभिभावकहरूले आफ्नो नागरिकता र विवाह प्रमाण पत्र नहुँदा यो योजना उपयोग गर्न नसकेको वडा कार्यालयका पदाधिकारीहरु बताउँछन् । यस्तै सामाजिक जागरूकताको अभावका कारण कतिपय अभिभावकलाई यो योजनाबारे पर्याप्त जानकारी छैन।

प्रक्रियामा सहजता–समाधानको उपाय

अभिभावकका लागि नागरिकता र विवाह प्रमाणपत्र आवश्यक पर्नेमा कतिपय अभिभावकहरू कानुनी समस्या नभएपनि कागजी प्रक्रिया पु¥याउन नसकेर सुविधाबाट बञ्चित हुने गरेका छन् । त्यसलाई समाधान गर्न झन्झटिलो कागजी प्रक्रियालाई सहज बनाउनु नै समाधानको पहिलो उपाय हो । यसैगरी सरकारी स्तरबाट जागरूकता कार्यक्रमहरू सञ्चालन गरी अधिकतम परिवारलाई योजनामा समेट्न सकिने देखिन्छ ।
यसका लागि स्थानीय तह र सरकारी निकायहरूले आपसी समन्वय गरेर नागरिकता र विवाह प्रमाणपत्रको प्रक्रिया छिटो र सहज बनाउने व्यवस्था गर्न सकिन्छ। यस्तै स्थानीय तहले ग्रामीण क्षेत्रमा गएर अभिभावकलाई योजना लागू गर्ने तरिका र यसका लाभबारे जानकारी गराउन सक्नुपर्दछ ।

प्राविधिक सहायता र अनुगमनको आवश्यकता

योजना प्रभावकारी बनाउनका लागि सरकारी निकायले नियमित अनुगमन तथा प्राविधिक सहायता उपलब्ध गराउनुपर्ने आवश्यकता पनि महसुस गरिएको छ ।  योजनाको दुरुपयोग हुनबाट जोगाउन र सही ढंगले कार्यान्वयन गर्न पनि यो आवश्यक रहेको छ ।

विस्तारको खाँचो

यस योजनाले मधेश प्रदेशमा दीर्घकालीन सामाजिक परिवर्तन ल्याउन योगदान पु¥याइरहेको छ। योजना कार्यान्वयनको केही वर्षमै समाजमा बालिकाको शिक्षामा रुचि बढेको र बालविवाहको दर घटेको देखिएको छ। बालिका शिक्षाको स्तर उकास्न र महिला सशक्तिकरणलाई अघि बढाउन सरकारले यस योजनालाई अझ प्रभावकारी रुपमा विस्तार र सुधार गर्दै जानु आवश्यक छ। छोरी बीमायोजना मधेश प्रदेशको लागि एक अनुकरणीय प्रयास भएको छ, जसले छोरीहरूको सुरक्षामा मात्र नभई उनीहरूको भविष्य निर्माणमा पनि योगदान पु¥याउँदै आएको छ।
मधेश प्रदेशको छोरी बीमा योजना प्रदेशभित्र मात्र सीमित नगरी देशभर विस्तार गर्नु उपयुक्त हुने धारणा अर्थ–सामाजिक क्षेत्रका विज्ञहरुको छ। यसले छोरीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्ने, बालविवाह रोक्न सघाउने र समाजमा महिलाको सशक्तिकरणको आधार बनाउने भएकोले यसको दीर्घकालीन महत्व छ । छोरीहरूको शिक्षामा लगानी गरेर राज्यले दहेज प्रथा जस्ता विकृति र त्यसको आडमा हुने हिंसाको अन्त्यका साथै लैंगिक समानता र सशक्तिकरणको निम्ति समेत महत्वपूर्ण योगदान दिन सक्दछ ।

 

Comment


Related News

Latest News

Trending News