२०८१ मंसिर २३, आईतवार १२:३८

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको परिसरमा एक कर्मचारीको शव फेला परेको छ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत करिब ४५ वर्षीय सुधीरकुमार झाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार छिन्नमस्ता गाउँपालिका घर भएका उनी राजविराजमा डेरामा बस्दै आएका थिए।

स्थानीयले आइतबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको हत्या वा आत्महत्या के हो खुलिसकेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए।

Comment

Related News

Latest News

Trending News