२०८१ मंसिर २३, आईतवार १२:४६

काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको कृष्णभीरमा दुर्घटना भएको छ।

भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट आइतबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार ग्यास बुलेट अनियन्त्रित भएर सडकबाट ५०/६० मिटर तल खसेको छ।

ग्यास बुलेटका चालक भारतको बरुनी बस्ने बर्ष ४५ वर्षीय पंकजकुमार भन्ने बुझिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए।

उनको खोजी भइरहेका छन्।

Comment


Related News

Latest News

Trending News