२०८१ मंसिर २३, आईतवार १७:५२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खड्काको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले पाँच दिन हिरासतमा राख्न अनुमति मागेका थिए। तर अदालतले तीन दिनको मात्रै अनुमति दिएको हो।

प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ।

यसैबीच केन्द्रीय अनुसन्‍धान ब्युरो (सिआइबी)ले पनि उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। यस कसुरमा व्यापारीहरूलाई आफू भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको समूहबाट भन्दै रकम माग गरेको थियो।

उक्त कसुरमा प्रहरीले प्रसाईंकै सहयोगी हरिचन्द्र फुयाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

Comment

Related News

Latest News

Trending News