भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो ।
त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो । बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए ।