अपडेट 
२०८१ मंसिर २४, सोमबार ०७:४२

जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरस्थित कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन् । आईतवार विहान स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको छ ।

कार्यालय परिसरभित्रै रहेको हनुमान मन्दिरमा पूजा गर्न एकाविहान पुगेका भक्तजनहरुले कभर्ड हलको झ्यालमा एक व्यक्ति झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाँटीमा नाइलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा झाको मृत शरिर फेला परेको खबर फैलिएपछि ठूलो संख्यामा नगरवासी घटना स्थलमा जम्मा भएका थिए ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुरका झा विगत २५ वर्षदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत थिए । उनी अस्पताल परिसरमै अस्पताल प्रशासनले उपलब्ध गराएको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए । परिवारजनले उनको हत्या भएको दावी गरेका छन् । मृतकका जेठान फुल कुमार झाले कसैले मिलोमतो गरी हत्या गरेर आत्महत्या बनाउन झुण्डयाएको दावी गरेका छन् । ‘घरमा कुनै तनाव थिएन, सबै राम्रै थियो, उनले थपे– हत्यालाई आत्महत्या बनाउन खोजिएको हो ।’ उनले घटनाको उच्च स्तरीय छानविन हुनुपर्ने माग समेत गरेका छन् । ‘ नगरमा अपराध रोक्न ठाउँ ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ, उनले भने–ती सबैको फुटेज चेक गरिनुपर्छ ।’

घटनास्थलमा पुगेका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उक्त घटना शंकास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरि नुपर्ने माग गरेका छन् । सुरक्षा संवेदनशीलता, चोरी, लुटपाट, दुर्घटना लगायतका अपराध नियन्त्रण गर्न नगरका ७४ स्थानमा राजविराज नगरपालिकाले उच्च क्षमतायुक्त सिसि टिभी जडान गरेको छ । तर अहिले २९ वटा मात्र क्यामेराले काम गरिरहेको प्रहरीको भनाई छ । एक महिनाअघि मात्र ७४ मध्ये ६२ स्थानमा विग्रेका क्यामेरा मर्मत कार्य सम्पन्न गरी कार्य सुचारु गरिएकोमा अहिले फेरि विग्रिएर २९ वटा क्यामेराले मात्र काम गरिरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनले घटनास्थल आसपासका चालु रहेका सिसि टिभीको फुटेजको पनि अध्ययन कार्य थालिएको जानकारी दिए । नगरको सुरक्षाका लागि लाखौ रकम खर्चेर जडान गरिएका अधिकांश सिसि टिभी क्यामेरा विग्रेको र मर्मत कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायले चासो नदेखाएको भन्दै नगरवासीले असन्तुष्टि समेत व्यक्त गरेका छन् । प्रारम्भिक अनुसन्धानले झाको मृत्यु शंकास्पद भए पनि हत्या जस्तो संकेत प्रहरीले भेटेको छैन ।

‘पोष्टमार्टम रिर्पोट आएपछि मात्रै मृत्युको यकिन कारण बुझिने प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मृतक झाको गोजीबाट सुसाईड नोट फेला परेको बताए । सुसाईड नोटमा उनले आफ्ना समस्या तथा विभिन्न व्यक्तिसँग भएको लेनदेनका विषय पनि उल्लेख गरेका छन् । यद्यपि उक्त सुसाईड नोट उनकैद्वारा हस्त लिखित भए/नभएको तथा अन्य परि स्थिति लगायतका विषय समेटेर विभिन्न कोणबाट समेत घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

घटनापछि आक्रोशित परिवारजनले घटनास्थलबाट शव उठाउन प्रहरीलाई केही बेर अवरोध पु¥याएपनि प्रहरी उपरीक्षक खतिवडाको उपस्थितिमा घटना बारे सूक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता आएपछि परिवारजनले शव उठाउन दिएका थिए । झाको शव आइतवार साँझ पोष्टमार्टका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटना बारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News