अपडेट 
२०८१ मंसिर २४, सोमबार ११:२०

धनुषाको बटेशवर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादी पार्टी प्रदेश कमिटी सदस्य पूर्व पालिका उपाध्यक्ष प्रमिला महतो, एकीकृत गाउँपालिका अध्यक्ष राममषिस महतो, जिल्ला सदस्य राजकुमार महतो र जिल्ला क.स.राजकुमार सिंहलगायत एकीकृत समाजवादीका १०० जना र नेपाल काङ्ग्रेस माओवादीका १५० जना अग्रज नेताकार्यकर्ता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । केन्द्रीय सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ र केन्द्रीय सदस्य जुली महतो एवं केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रमुख सचेतक माननिय हरिनारायण महतोले उनीहरुलाई नेकपा एमालेमा स्वागत गरेका छन् ।

सो क्रममा जिल्ला अध्यक्ष राजकिशोर यादव,, क्षिरेश्वरनाथ नगरपालिका मेयर सुखदेब यादव, एमाले पालिका अध्यक्ष रामखेलाउन महतोकोउपस्थिती रहेको थियो ।

Comment


Related News