अपडेट 
२०८१ मंसिर २५, मंगलवार ०९:१७

धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति मण्डलमाथि विभिन्न आरोप लगाउँदै नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै कांग्रेसको धनौजी गाउँपालिका गाउँ कार्य समितिले पार्टीबाट निष्कासन गरी कारबाही गरिएको गाउँ सभापति रामनारायण यादवले जानकारी दिए ।

कांग्रेस पार्टीको सदस्यसमेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई कारबाही स्वरुप पार्टीबाट निष्कासनका लागि विभिन्न समितिमा पत्राचार गरेको छ । कांग्रेस धनौजी गाउ कार्य समितिको निर्णय अनुसार उपाध्यक्ष रामवति मण्डलमाथि पार्टीको तर्फबाट कारबाही गर्नका लागि गाउ सभापति रामनारायण यादवले पार्टीको प्रदेश कार्यालय, जिल्ला समितिको कार्यालय र क्षेत्र नम्बर ३ को कार्यालयलाई पत्र पठाएको जनाइएको छ ।

उपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको थिइन् ।

Comment


Related News

Latest News

Trending News