२०८१ मंसिर २५, मंगलवार ०९:४६

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा आज बिहान स्कार्पियो (जिप) दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया सकुन्तला देवी महरा, ५५ वर्षीया महँगी देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।

चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा तर्फ जाँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।

अनियन्त्रित भई रोडबाट तल साइडको रुखमा ठोक्किएर दुर्घटना हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News