२०८१ मंसिर २५, मंगलवार १२:४१

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको थियो ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएकाका थिए ।

बलिङमा चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे । पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर आज विकेटविहीन रहे ।

Comment


Related News

Latest News

Trending News