अपडेट 
२०८१ मंसिर २६, बुधबार ०८:११

मधेश प्रदेशका स्थानीय तहका कर्मचारीहरु पदस्थापन माग गर्दै आन्दोलित भएका छन् ।

जनकपुरधाम मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयका प्रमुख सचिव लोखनाथ पौडयाललाई आफूहरुको पद स्थापनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । गण्डकी प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७९ बमोजिम जुनसुकै स्थानीय तहमा सिफारिस भइ नियुक्ति भएको कर्मचारीहरुलाई काम काजमा खटिएको कार्यालयबाट नै पदस्थापन हुने व्यवस्था गरिएको छ । तर मधेश प्रदेशमा यस किसिमको कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले आफूहरु विचल्लीमा परेको आन्दोलनरत्त कर्मचारीहरुले गुनासो गरेका छन् ।

आफूहरुको पदस्थापन नहुँदा वृति विकासमा असर पुगेको लक्ष्मीनिया गाउँपालिकाका एक कर्मचारीले बताए । मधेश प्रदेश सरकारको उदासीनताले पदस्थापन कार्य प्रभावित भएको कर्मचारीहरुको आरोप छ । कार्यालयको काम गर्ने समयमा पदस्थापनको लागि भौतारिदा सेवाग्राहीसमेतले समयमै सेवा पाउन सकेको छैन ।

सार्वजनिक सेवा प्रवाह कार्यसमेत प्रभावित भएको छ । आफूहरुको जायज मागको विषयमा सरकार गम्भीर नभए कडा संघर्षमा उत्रिन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News