२०८१ मंसिर २६, बुधबार १७:२२

नेपाल प्रिमियर लिगबाट लुम्बिनी लायन्स बाहिरिएको छ।

काठमान्डु गुर्खाजसँग हारेसँगै लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना सकिएको हो।

हारेको लुम्बिनीको ६ खेलबाट २ अंक मात्रै हुँदा जितेको काठमान्डुको ४ खेलबाट ४ अंक भएको छ। लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन।

प्लेअफ सम्भावना जीवितै राख्न काठमान्डुका कप्तान करण केसीले टस जितेर रोजेको ब्याटिङ सही साबित भयो।

काठमान्डुले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १०३ रन मात्र जोडेपछि सामान्य लक्ष्य पछ्याए पनि लुम्बिनीको पनि ब्याटिङ चलेन।

लुम्बिनीका नटआउट रहेका सूर्य तामाङले ११ (१४) रन बनाए। यसबाहेक अभिशेष गौतम ० (१), रेमन साइमन्ड ० (२), विवेक यादव २ (८), साद बिन जफर ० (१) र सन्दिप जोराले २६ (२९) रन बनाए पनि हार टार्न सकेनन्।

आज कप्तान रोहित पौडेल पनि चलेनन्। उनले १५ बलमा ८ रन मात्र जोडे। उनीबाहेक टम मुर्स ६ (५), उन्मुक्त चन्द १४ (१९), आशुतोष घिरैया ४ (१२) र  अर्जुन साउदले ३ (१०) रन जोडे।

बलिङतर्फ काठमान्डुका भीम सार्की र साहव आलमले विकेट लिन नसके पनि करण केसीले ४ विकेट झारे। उनीबाहेक रशिद खानले १ विकेट लिँदा दीपेश कँडेलको नाममा ३ विकेट रह्यो भने जेरार्ड इरासमसले पनि लुम्बिनीको २ विकेट झारे।

त्यसअघि काठमान्डु गुर्खाज १०३ रनमै अलआउट भएको थियो।

काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे भने भीम सार्कीले ३१ रन बनाए। यो नै काठमान्डुको सर्वाधिक स्कोर हो। ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे।

काठमान्डुका साहव आलमले ५ बलमा ८ रन बनाए भने प्रतीक श्रेष्ठले १४ बलमा २० रन बनाए। दीपेश कँडेल शून्य रनमा नटआउट रहेपछि लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पाएको थियो।

काठमान्डुलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे।

लुम्बिनीका साद बिन जफरले ३, रेमन साइमन्ड र अभिशेष गौतमले समान २ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवको नाममा १/१ विकेट रह्यो। २ ओभर बलिङ गरेका कप्तान रोहित भने विकेटविहीन रहे।

Comment


Related News

Latest News

Trending News