नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो ।
पोखराका रिफर रेमन रिफरले कुनै बलमा पनि बाउन्ड्री खाएनन । उनले ६ बलमा जम्मा ५ रन मात्रै दिए ।
यसअघि ब्याटिङमा पोखराका लागि १८ रनको स्कोर पुर्याउन रिफरले २ छक्का र १ चौका प्रहार गरेका थिए ।