अपडेट 
२०८१ मंसिर २७, बिहीबार १३:५३

सहकारी ठगी प्रहरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

यसअघि पछिल्लो पटक थपिएको चार दिनको म्याद सकिएपछि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई आज अदालतमा उपस्थित गराइएको हो।

लामिछानेलाई सहारी ठगी प्रकरणमा कास्की, काठमाडौं, चितवन, रुपन्देही र पर्सामा बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले अब मुद्दा चलाउने तयारी गरेको छ।

लामिछाने सहकारी ठगीको अरोपमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Comment


Related News

Latest News

Trending News