अपडेट 
२०८१ मंसिर २७, बिहीबार १४:४१

रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

Comment


Related News

Latest News

Trending News