२०८१ मंसिर २८, शुक्रबार १२:२७

वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्।

लारालाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए।

लाराले साथमा आफ्नी छोरी सेड्नी लारा पनि ल्याएका छन्।

ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँहाते ब्याटर लाराले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन्।

टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका उनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए।

सन् २००७ मा क्रिकेटबाट सन्न्यास लिएका उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन छ।

Comment

Related News

Latest News

Trending News