नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पुरन साह विजयी भएका छन ।
साह ८२ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नित्यानन्द मण्डलले ५१मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा अवधेस कामत विजयी भएका हुन । उनले ७० मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी संजीवकुमार झाले ४० मत ल्याए ।
महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी भएकी हुन । उनको प्रतिद्वन्दी वरुणा कर्णले ४७ मत ल्याइन ।
सचिवमा बटुकनाथ झा ५६ मत ल्याएर विजयी भएका छन । उनको निकटतम प्रतिद्वन्द्वी सुभाष कर्णले ३८ मत ल्याए ।