अपडेट 
२०८१ मंसिर ३०, आईतवार ०७:०१

मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये छ हजार चार सय ७२ उजुरी फर्छ्योट गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले जनाएको छ ।

सो कार्यालयबाट प्राप्त प्रतिवेदनका अनुसार सो कार्यालयमा आर्थिक वर्ष ०७९/०८० तथा ०८०/०८१ मा मधेश प्रदेशको आठ जिल्लाबाट कुल आठ हजार पाँच सय २ ९ उजुरी दर्ता भएको थियो । जसमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।

प्राप्त प्रतिवेदनमा उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार चार सय २२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छ्योट भएको थियो । त्यसैगरी दुई वर्षमा बाराबाट एक हजार दुई सय सात उजुरीमध्ये आठ सय ८७, सप्तरीबाट एक हजार एक सय ७० उजुरीमध्ये नौ सय ७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये सात सय ३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये आठ सय ३४ उजुरी फर्छ्योट भएको जानकारी दिइएको छ ।

त्यस्तैगरी, पर्साबाट नौ सय ५६ उजुरीमध्ये छ सय ९१, सिरहाबाट आठ सय ८१ उजुरीमध्ये छ सय ८७ तथा सर्लाहीबाट आठ सय ३६ उजुरीमध्ये छ सय ४२ उजुरी फर्छ्योट भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ । सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नो कार्यालयको वार्षिक प्रतिवेदन बुझाएको थियो ।

Comment


Related News

Latest News

Trending News