अपडेट 
२०८१ पुष १, सोमबार ०८:१९

बाराको गढीमाई पञ्चवर्षीय मेला सकिए पनि गढीमाई मन्दिरमा दर्शनार्थीहरुको आउने क्रम रोकिएको छैन । विगतमा पशुबली पछि सकिने मेला यस पटक बली सकिएको एक साता बितिसक्दा पनि मन्दिर परिसरमा हजारौँ श्रद्धालुको घुइँचो लाग्ने क्रम रोकिएको छैन ।

बलीको चर्चा र मन्दिरको गाथाले प्रसिद्ध गढीमाईमा माघे सङ्क्रांतिका एक दिन रांगा बाहेकका छुटेका अन्य पशुको बली हुने हुँदा सोही दिनसम्म मन्दिरमा बाक्लो भीड रहने मेला आयोजक समितिले जनाएको छ ।

मंसिर १ गतेदेखि शुरु भएको मेलामा १५ गतेदेखि बलीको तेस्रो दिनसम्म दैनिक १० लाखभन्दा बढी श्रद्धालु भक्तजनले सहभागिता जनाएको आयोजकको दाबी छ । सो अन्तर्गत हालसम्म करोड बढी दर्शनार्थीको सहभागिता रहिसकेको समितिको दाबी समेत गरेको छ । बली पछि पनि दर्शनार्थीको भीड मन्दिरमा निरन्तर दखिएपछि गढीमाईका मुल पुजारी मंगल चौधरीले यस पटकको जस्तो दर्शनार्थीको भीड आफुले आजसम्मै नदेखेको बताए ।

गढीमाईसँग भाकल माग्ने र पूरा भएपछि पशुबली चढाउने परम्पराले बढाएको मेलाको हर्षोल्लासमयपूर्वक हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News