२०८१ पुष २, मंगलवार ०८:१०

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले भ्रष्टाचार नियन्त्रणका लागि कानुनको अभाव रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै ५ वर्ष देखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको चर्चा गर्दै राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मान्छेको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनयापन गर्नु नै भ्रष्टाचारको कारक हुन पुगेको प्रसंग उल्लेख गरे ।उनले भने, ‘त्यस्ता व्यक्तिमाथि कडा कारवाही हुनुपर्छ ।’

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब बृद्धि गरेर भ्रष्टाचार गर्ने माथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने बताए ।

कार्यक्रममा अख्यिार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउदै बेनामी उजुरी नपरेको खण्डमा मुलुकम

Comment


Related News

Latest News

Trending News