अपडेट 
२०८१ पुष २, मंगलवार १७:२९

एसिसी महिला यु– १९ क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबार भएको खेल मौसमका कारण रद्द भएपछि नेपाल र भारतले अंक बाँडेका छन् ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको थियो ।

त्यसपछि खेल पुनःसञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बने ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै भारतलाई ९४ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशा यादवले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

भारतकी पारुनिका सिसौदाले नेपालका ४ विकेट झारिन् । समूह ‘बी’बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै अन्तिम ४ मा प्रवेश गरेका छन् ।

नेपालले अब अन्तिम ४ मा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

Comment


Related News

Latest News

Trending News