अपडेट 
२०८१ पुष ३, बुधबार ०७:४९

संघीय प्रदेश सत्ताबाट बाहिर रहेको पीडा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत हेका पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको अभिव्यक्तिबाट झल्किन थालेको छ ।

पटक–पटक मन्त्री बनेका जसपा नेपालका अध्यक्ष यादवलाई संघीय सरकामा स्थान दिएको छैन । प्रदेश सरकारबाट बाहिरिएको ६ महिना भन्दा बढी भइसक्यो । जसपा नेपालले अहिले संगठन सुदृढीकरण अभियान चलाएको छ । दुई दिनदेखि सिरहामा रहेका अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित ‘जनतासँग जसपा नेपाल’ अभियान कार्यक्रममा नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् ।

मुलुकमा दलाल, बिचौलिया नोकरशाहहरू मन्त्रीदेखि प्रधानमन्त्रीसम्म नियुक्त गर्ने हैसियतमा पुगेको अध्यक्ष यादवले बताए । ‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ अध्यक्ष यादवले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिना लगानी करोडौँ अर्बौं कमाइहेका छन् ।’ राज्यसत्ताको सधैँभरि बागडोर सम्हालेको कांग्रेस, कम्युनिस्ट नोकरशाहहरूले दलाल पुँजीवादलाई संरक्षण गर्दै यसको संस्थागत गरेको उनले बताए ।

कमिसनतन्त्र लुटतन्त्र संस्थागत गर्दै लोकतन्त्रलाई बर्बाद बनाएको उनले आरोप लगाए । अध्यक्ष यादवले सरकामाथि खनिएको केही घण्टा नबित्दै उनका पूर्व सहयोगी रहेका अमर यादवले उनीमाथि नै गंभीर आोप लगाएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया सार्वजनिक गर्दै अमर यादवले श्रवण अग्रवाल, मधुसुदन अग्रवाल, डा. तिलक अग्रवाल, सुरिता साह, डा. जय बहादुर टण्डन “सिटीभिटी, बीरेन्द्र दास÷जनक शिक्षा, ईकवाल अहमद सभासद मनोनयन, ,राजेन्द्र साह/लोकसेवा आयोग, योजना आयोग, रत्नेश्वर लाल कायस्थको मनोनयनमा लिएको कमिसन व्यक्तिगत ‘ब्राण्ड’ रहेको प्रश्न गेका छन् ।

अध्यक्ष यादवले नेपालमा कांग्रेस कम्युनिस्ट असफल निकम्मा सिद्ध भएको आरोप लगाए ।‘ उनीहरुबाट अझै पनि आशा गर्नु मुर्खताबाहेक केही पनि होइन’ उनले भने, कांग्रेस, एमाले, माओवादी, राप्रप्राहरू नामका लागि फरक–फरक भनिए पनि सिद्धान्त भने सत्तामा गएर लुट्नु नै हेको हो । ‘यी दलहरूले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग सबै क्षेत्रलाई ध्वस्त पारेको छ ’ उनले भने, मुलुक अहिले २४ खर्ब ऋणमा डुबेको र यो सबै रकम उनीहरुले भ्रष्टाचार गरेका हुन् ।

अध्यक्ष यादवको आक्रोशपछि जसपा नेपालकै कतिपय नेताहरुले सरकाबाट अलग्गिएपछिको पीडा रहेको बताए । ‘पटक पटक काँग्रेस एमालेसित मिले सत्तामा पुग्ने व्यक्ति अहिले दलालहरुको बाहुल्यता रहेको बताउँछन् ।’ उनीहरुले भने, प्रदेश सरकार संघीय सरकारमा कमिसन लिए मन्त्री पदाधिकारी बनाउँदा पार्टी नै फुटेको धेरै भएको छैन । अभिमुखीकण कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादवले अहिले राष्ट्रिय राजनीति निराशाको दौडबाट गुज्रिरहेको बताए ।‘ मुलुक आर्थिक रूपमा जर्जर, सामाजिक रूपमा विभाजित समाजमा व्यक्ति केन्द्रित प्रवृत्ति मौलाएको छ’ उनले भने, मुलुकमा रूपान्तणका लागि शासनसत्तामा हँदै आएको एउटै समुदायको बर्चस्व अधिपत्य हनु हुँदैन । ‘सत्तामा निरन्तर रहेका नेताहरु अधिकार पहिचानवादी, नयाँ दलहरुलाई अनेक प्रकारले कमजोर बनाउन लागिपरेका छन् ’ उनले भने, केही दलहरुले देशलाई धरापमा पारिसिकेका छन् ।

गत महिना सम्पन्न कार्यकाणिी समितिको बैठकले जनतासँग जसपा नेपाल अभियानलाई दुई महिना पुस माघसम्म निरन्तरता दिने निर्णय गरेको थियो । जसपा नेपालले संगठनलाई सुदृढ बनाउन अभियान मार्फत नेता कार्यकर्ताहरुलाई वडा स्तरसम्म परिचालन गरेको छ । कार्यक्रममा उपमहासचिव सुरेश मण्डल, प्रदेश सभासद राजु गुप्ता, सञ्जिला यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । सोमबार पनि अभियानको अभिमुखीकण कार्यक्रम गोलबजारमा सम्पन्न भएको थियो । प्रदेश, जिल्ला, पालिका वडा स्तर सम्मको अधिवेशन चैत मसान्त भित्र गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि पनि ‘जनतासँग जसपा नेपाल’ अभियान फलदायी हुने नेताहरुको विश्वास छ ।

Comment


Related News

Latest News

Trending News