
मिर्चैया नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासी दिवस २०२४ मनाएको छ ।
सुरक्षित आप्रवासनको आधार, सुचना र सीप सहितको रोजगार नाराका साथ बुधाबार मिर्चैया नगरपालिकाले उक्त दिवस मनाएको छ । दिवसको अवसमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले विदेशमा काम गरि फर्किएका तथा विदेशमा काम गरिरहेकाका परिवारजनलाई सम्मान गरेका हुन ।
सो क्रममा मेयर यादवले रेमि परियोजना अन्तर्गत विदेशमा काम गरेर फर्केकाहरुलाई विदेशमा सिकेको शिप अब यहि ठाउँमा उपयोग गरि आफू र आफ्नो समाजमा रोजगार बन्न आवहन गरे । उनले विदेशमा काम गरि फर्केकाहरुलाई मिर्चैया नगरपालिकाले उद्योग, कलकारखाना खोल्न मद्यत गर्ने र भए जति सम्भव सुविधा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे ।