अपडेट 
२०८१ पुष ४, बिहीबार ०७:४५

पर्साको वन गस्ती टोलीले एक मिलमा छापामारी गरी काठसहित एकजनालाई पक्राउ गरेको छ । ४२.९२ क्युफिट काठ र एक जना मानिसलाई पक्राउ गरेको वन कार्यालय पर्साले जनाएको छ ।

सबैया सब डिभिजन वन क्षेत्रबाट एउटा सःमिलमा छापामारी गरी ३५.१२ क्युफिटको काठ र रङ्गपुर सब डिभिजन वन क्षेत्रबाट एक जना मानिस सहित ७.८ क्युफिट काठ गरी ४२.९२ क्युफिटको काठ बरामद गरिएको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ९ रतनपुर स्थित सः मिलबाट सबैया सब डिभिजन वन कार्यालयको वन टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेडक्वाटर पर्साको संयुक्त टोलीले अवैध सालको चिरान काठ सहित गोलिया बरामद गरेको सब डिभिजन सबैयाका रेञ्जर भुपाल रोकायले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेडक्वाटर पर्साको बिशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ ९ रतनपुरका नुरहोदा मियाँको समिलमा छापा मार्दा विभिन्न साईजको ४५ थान चिरान चौकट र १ थान सालको गोलिया बरामद गरेको रेञ्जर रोकायले जानकारी दिए ।

सःमिल धनी नुरहोदा मिया फरार रहेको र उनको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत अहमदले बताए । छापामारी गरी बरामद गरी ल्याउने क्रममा करिब ७० जना संख्याको भीडले काठ ल्याउनमा अवरोध सिर्जना गरिएको थियो । करिब १ घण्टाको लामो प्रयासले वन टोली काठ ल्याउँन सफल भएको हो ।

बरामद काठ डिभिजन वन कार्यालय पर्सामा राखिएको छ ।समिल धनी मियाले काठ तस्कर भरिया मार्फत सालको गोलिया मगाई आफ्नै समिलमा चिरान गराई फर्निचर तथा चौकटहरु वन ाई बिक्रिबितरण गर्दै आएको आरोप छ । उनी विरुद्ध डिभिजन वन कार्यालय पर्साबाट पक्राउ प्ूर्जी जारी समेत रहेको छ ।

त्यस्तै रङ्गपुर सब डिभिजन वन कार्यालयबाट खटिएको वन गस्ती टोलीले साइकलमा काठको गोलिया लोड गरी ल्याउँदै गरिएको अवस्थामा एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गढियानीका ३५ वर्षीय कलिम मिया अंसारी रहेको रङ्गपुर सब डिभिजन वन कार्यालयक छैठो तहका वन अधिकृत उज्जवल यादबले जानकारी दिए ।

रङ्गपुर सब डिभिजन वन कार्यालयबाट अधिकृत उज्जवल यादब र इलाका प्रहरी कार्यालय रङ्गपुरबाट प्रहरी साहयक निरीक्षक रामबाबु यादवको नेतृत्वमा खटिएको टोलीले गढियानी स्थित खोलाको नजिकबाट ७.८ क्युफिटको काठ सहित अंसारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अंसारीलाई डिभिजन वन कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ । यस सम्वन धमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत अहमदले बताए ।

Comment


Related News

Latest News

Trending News