२०८१ पुष ४, बिहीबार ०७:५३

विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ का ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ का ३९ वर्षीय रुपेश कुमार चौधरी छन् । उनलाई क्रमशः काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

राजुले २ जनाबाट ६ लाख ३० हजार रुपैयाँ र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News