अपडेट 
२०८१ पुष ५, शुक्रबार ०७:४०

सप्तरीमा छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गरेपछि एकजना महिलालाई ज्यान मार्ने धम्की दिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहलाई छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको जनाइएको छ । गाउँमा बस्न असुरक्षित भएको भन्दै राजविराजमा बिहीबार पत्रकार सम्मेलन गरी पीडित साहले गाउँमा सुरक्षासहित बस्ने वातावरणका लागि मा गरिन् ।

पीडित साहको १९ वर्षीया छोरी सन्तोषीको हत्या र १७ वर्षीय छोरा आशिषलाई तीन वर्षअघि बेपत्ता पारिएको थियो । तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक डाक्नेश्वरी नगरपालिका– १ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धानका लागि हिरासतमै राखेको छ ।

पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सप्तरी जिल्ला अदालतबाट १०/१० दिन गरी दुई पटक म्याद थप गरी अभियुक्त साहमाथि अपहरण तथा शरीरबन्धक, जवर्जस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई धम्कीबारे जानकारी गराइएको बताउँदै कतैबाट सहयोग नपाएपछि आफू गाउँ छोड्न बाध्य भएको पीडित साहले गुनासो गरिन् । गत २०७९ साउन १७ मा भएको घटनामा सन्तोषीको अपहरण तथा शरीर बन्धक, जवर्जजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको आरोपमा साह सहित अन्य केही व्यक्ति माथी जाहेरी परेको र अन्य आरोपीहरुको खोजीकार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News