अपडेट 
२०८१ पुष ५, शुक्रबार ०७:४३

धनुषामा बोरामा एक जनाको शव फेला परेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–२ को पुरन्दाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । धनुषा प्रहरीले दिएको जानकारी अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको छ ।

घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनले बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी दिए पछि अनुसन्धान थालिएको बताए ।

Comment


Related News

Latest News

Trending News