
बाराबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
९७ किलो लागू औषध गाँजासहित बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई लागू औषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर २ स्थित गडौलीा ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोलका ४६ वर्षीय टेक बहादुर गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई भारी परिमाणमा गाँजासहित पक्राउ गरेको छ । जीतपुरसिमरा–२२ तिन नम्बर पुलस्थित रोडदेखि पूर्वमा रहेको टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाईछिपाई राखिएको अवस्थाबाट प्रहरीले उक्त गाँजा बरामद गरेको छ ।
प्रहरीले चलाएको अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा प्रयोग गरिएको बा ११ च ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको गाडी समेत नियन्त्रणमा लिइएको बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम श्रेष्ठले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ