२०८१ पुष ५, शुक्रबार ११:१३

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले फेरि ६ केन्द्रीय सदस्य थप गरेको छ। बुधबार ८ केन्द्रीय सदस्य मनोनीत गरेका लोसपाका अध्यक्ष ठाकुरले फेरि ६ जनालाई मनोनीत गरेका हुन्।

फेरि मनोनीत हुनेमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौंका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी र बाराका फिरोज रहेका छन्। योसँगै लोसपाको केन्द्रीय समिति ३६१ सदस्यीय बनेको छ।

बुधबार सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनारलाई मनोनीत भएका थिए।

Comment

Related News

Latest News

Trending News