भारत उत्तरप्रदेश राज्यको पर्यटन तथा संस्कृति विभागको आयोजनामा शनिवार दिउँसोदेखि अन्तर्र ाष्ट्रिय रामायण काँन्क्लेव जानकी मन्दिर परिसरमा सुरु हुने भएको छ ।
काँन्क्लेवमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पर्यटन तथा संस्कृति मन्त्री जयबीर सिंह आउने बताइएको थियो ।तर उत्तरप्रदेशमा विधान सभाको सत्र र केही विवादास्पद मुद्दाहरु उठेकाले उनीहरुको आगमन नभएको स्रोतले जनाएका छन् ।
जानकी मन्दिर परिसरमा दिउँसो ३ बजेदेखि प्रारम्भ हुने उद्घाटन सत्रमा ‘सन्त समागम’ हुनेछ । मधेश प्रदेशकी राज्यपाल सुमित्रा भण्डारीको अध्यक्षतामा हुने उद्घाटन सत्रको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह रहेका छन् ।उनले नै कार्यक्रमको उद्घाटन गर्ने छन् ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह विशिष्ट अतिथि रहने कार्यक्रम आयोजक उत्तर प्रदेश राज्यको पर्यटन तथा संस्कृति मन्त्रालयका प्रमुख सचिव समेत रहेका अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थानका अध्यक्ष मुकेश कुमार मेश्रामले जनाएका छन् ।
संस्कृति विभागका निर्देशक शिशिर, सन्तोष कुमार शर्मा काँन्क्लेवमा सहभागी हुने छन् । उद्घाटनपछिको सत्रमा हुने ‘सन्त समागम’मा भारतका प्रख्यात विद्वान डा.विद्या भाष्कर, सन्त सुखदेव दास र बालक दासले रामायणको विषयमा चर्चा गर्ने छन् ।
कार्यक्रममा नेपालबाट जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, डा.पुरुषोत्तम आचार्य र रामानुज नेपालले भाग लिने छन् । त्यसपछिको कार्यक्रममा भजन सम्राट अनुप जलोटाको भजन सन्ध्या, मथुराको बमर सिया धोयिबा लोकनृत्य र मिथिला नाट्यकला परिषदको जानकी लीला प्रस्तुति हुनेछ । भजन गायनमा जलोटा पद्म श्री पुरस्कारबाट सम्मानित हुन् ।जनकपुरधाममा जलौटाको पहिलो पटक कार्यक्रम हुन लागेको छ । भारत सरकारको ‘रामायण सर्किट’योजनामा रामायणकालीन स्थलहरुलाई धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यक्रमहरु सञ्चालनमा छन् ।
दोस्रो दिन आइतवार भारत र नेपालका प्रसिद्ध कविहरुको कविता वाचन कार्यक्रम रहेको छ । कविता वाचनमा भारतबाट डा.अनिल चौबे, अभय निर्भिक, सुश्री सुकन्तला त्रिपाठी, सौरभ जयसवाल सहभागी रहने छन् ।नेपालबाट मैथिलीका वरिष्ठ कवि दिगम्बर झा ‘दिनमणि’ ले कविता वाचन गर्नेछन् ।
अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गायिका, नृत्यांगना पद्म श्री मालिनी अवस्थीको प्रस्तुति दोस्रो दिन रहनेछ ।उनी भोजपुरी, मैथिली, हिन्दी लगायतको गीतमा नृत्य समेत गर्छिन् ।त्यस अतिरिक्त स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति गर्ने छन् । संस्कृति विभागले जगतजननी जानकीको पावन जन्मस्थली जनकपुरधाम, सीता अपहरित अवस्थामा रहेको श्रीलंका र भारतको बिभिन्न ८ स्थानमा अन्तर्र ाष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिरहेको छ ।
रामायण सर्किटलाई केन्द्रमा राखेर गर्न थालिएको रामायण काँन्क्लेवले रामायणकालीन घटना, पात्र र त्यसको महत्वको प्रचार हुने बताइएको छ । त्रेता युगमा सीतारामको विवाह भएको रामायणमा वर्णित छ ।भगवान राम सीता स्वयंवरमा भाग लिन गुरु विश्वामित्रसँगै जनकपुरधाम आएका थिए ।भगवान राम लामो समय जनकपुरधाममा बिताएको विभिन्न विद्वानहरुको कथन छ ।
त्रेता युगदेखि नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहिआएको छ ।हरेक वर्ष जानकी मन्दिरले आयोजना गर्ने सीताराम विवाहमहोत्सवमा भगवान रामको पावन जन्मभूमि अयोध्याबाट जन्ती आउने गरेको छ । उत्तरप्रदेश सरकारले तिहारमा आयोजना गर्ने दीपोत्सव समारोहमा जनकपुरधामबाट मिथिला नाट् यकला परिषद्ले जानकी लीला प्रदर्शन गर्दै आएको छ ।
काँन्क्लेवको आयोजनाले नयाँ पुस्तालाई रामायणको विषयमा विस्तृत जानकारी प्राप्त हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताएका छन् ।भगवान सीताराम मानव जीवनका लागि स्थापित गरेको आदर्श र मर्यादालाई आज पनि जीवनमा उतार्न सके अनेकौ प्रकारको विसंगतिहरु हट्ने उनको विश्वास छ ।
काँन्क्लेवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, भाषिक सम्बन्धलाई जनजन सम्म पु¥याउन सहायक हुने रामरोशन दासले बताए ।कार्यक्रम जानकी मन्दिरको बाहिरी परिसरमा आयोजन हुने र सबैलाई निशुल्क प्रवेश हुने आयोजकहरुले बताएका छन् ।