नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा शनिवार जनकपुर बोल्टस्ले सुदुरपश्चिम रोयलसित भिड्दै छन् ।
लिग र सेमिफाइनल चरणमा सुदुरपश्चिम रोयलसित भिडेको जनकपुर बोल्टस् दुबै पटक पराजित भए । जनकपुर बोल्टस्ले लिग चरण समेत ३ पटक पराजित भएको छ ।सुदुरपश्चिम एक पटक मात्र पराजित भएको हो ।दुई पटकको भेटमा नै पराजित भएको जनकपुर बोल्टस्माथि तीव्र दबाब रहने छ ।
उच्च मनोबलका साथ मैदानमा उत्रने सुदुरपश्चिम रोयल्सलाई हराउन जनकपुरले ब्याटिंग लाइनअपमा सुधार गर्न आवश्यक छ ।सुदूरपश्चिमले दुवै खेलमा उत्कृष्ट ब्याटिंग गरे भने जनकपुरको अत्यन्त कमजोर प्रदर्शन रहेको थियो । लिग चरणका सुरूवाती ४ वटै खेलमा लगातार जितेको जनकपुरले त्यसपछि सुदूरपश्चिमसित हारेको थियो ।जनकपुरमाथि हारको दबाब र कमजोर प्रदर्शनलाई बिर्सेर मैदानमा उत्रनु पर्नेछ ।
सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेलमा मात्र पराजित भएको थियो । सुदूरपश्चिम लिगमा एउटा खेल हारेपछि जितको क्रमलाई निरन्तरता दिएको छ । जनकपुरको मुख्य चिन्ता ब्याटिङमा देखिएको छ । सुरूवाती चार खेलमा लगातार जित निकाल्दा तीन खेलमा टप अर्डरले नै गेम फिनिस गरेका थिए ।
विशेष गरी तीनवटै जितमा दुईमध्ये एक ओपनर र लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गरेका थिए । जनकपुर पराजित भएको सबै खेलमा ओपनर जम्न सकेन् ।मिडिल अर्डरको फितलो प्रदर्शनले जनकपुरको चिन्ता बढाएको छ । शनिबार हुने बहुप्रतिक्षित फाइनलअघि दुबै टोलीको लय कस्तो छ र सबैभन्दा महत्वपूर्ण खेलाडी को को हुन सक्छन् चर्चा गरौं ।