देशमा अहिले गजबको चहलपहल छ । युवा वर्ग मात्र होईन, सबै उमेर समूहका मानिसहरु रमाई रहेका छन् । पारम्परिक रुपले मनाइँदै आएका जुनसुकै पर्व– त्यौहार,यात्रा–मेला,उत्सव–महोत्सव वा जयन्तीहरु भन्दा पनि ठूलो उत्सवको माहोल छ । यस उत्सवमा पूर्व विराटनगरदेखि सुदूरपश्चिमको नेपालगञ्जसम्मका, उत्तर हिमालदेखि दक्षिण जनकपुरधामसम्मका, खस–आर्य, पहाडे– मधेशी, हिन्दु–मुस्लीम, आदिवासी–जनजाती तन, मन, धनले सहभागी छन् ।
भारत, न्युजीलैण्ड, पाकिस्तान, अ फगानिस्तान सम्मका नामी –गामी खेलाडीहरु सहभागी छन् ।औपचारिक रुपमा १ अर्बभन्दा बढीको व्यवसाय भएको छ ।खुसीको सूचकांक ह् वात्तै बढेको अनुभव गरिदैछ । नेपालीको अनुहारमा खुसीको बहार ल्याउँने अवसर प्रदान गरेको छ– नेपाल प्रिमियर लिगको पहिलो संस्करणले । जुन मंसिर १५ गते सुरु भई आज पुस ६ गते विधिवत सम्पन्न हुंदैछ ।
हाम्रा आदरणीय पाठकहरुको हातमा यो आलेख पुग्दै गर्दा काठमाण्डौको त्रिभुवन विश्वविद्यालयको खेल ग्राउण्डमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम क्रिकेट टिमबीच फाईनल खेल भई रहेको हुनेछ । फाइनलमा राम्रो खेल्ने टिम विजेता हुंदै १ करोड १० लाख नगद तथा दुनियामै चर्चा बटुलेको चम्किलो ट्रफी चुम्ने छन् ।
अर्को टिम ५१ लख नगद तथा तेश्रो हुने टिम २५ लाखसहित घर फर्किने छन् । अनि नेपाल सहभागी आठवटै टिम प्रिमियर लिगको दोश्रो संस्करणमा ट्रफी हातपार्ने तयारीमा जुट्ने छन् । अर्को वर्ष फेरि यस्तै चहल पहल हुनेछ । एनपीएलको पहिलो संस्करणले नेपालमा खेलको महत्व, खेलाडीहरुको भविष्य, खेल पर्यटन, खेल उद्योग आदि विषयमा गंभीर वहस र छलफल सुरु भएको छ ।
खेललाई पेसाको रुपमा अंगीकार गर्ने अनि खेललाई व्यवसायको रुपमा अगाडि बढाउने संभावनाको खोजी हुन थालेको छ । नेपालमा क्रिकेटसंगै फुटवल, कपर्दी, खोखो, जूरो–कराटे, कुस्ती(रेसलिंग) लगायतका खेलहरुको पर्याप्त संभावना छ । भारत, इंग्लैण्डजस्तै यी खेलहरुका प्रिमियर लिग आयोजन गर्ने बाटो खुलेको छ ।
जसमा हजारौं खेलाडी, सयौं व्यवसायी तथा लाखौं नागरिक प्रत्यक्ष वा परोक्षरुपमा सहभागी हुने छन् । एनपीएलका लिग देखि फाइनलसम्मका झण्डै दुई दर्जन खेल कीर्तिपुरको त्रिविवि खेल मैदानमा सीमित रह्यो । त्रिविविको खेल मैदानपनि सुविधा सम्पन्न छैन । अन्तरराष्ट्रिय स्तरको बन्न सकेको छैन् । बेलाबेलामा देशका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पुग्ने त्रिविवि खेल मैदान अन्तरराष्ट्रिय स्टेडियम बन्न नसकेको बेला जनकपुरधाम, विराटनगर, भैरहवा, पोखरा वा नेपालगञ्जमा अन्तरराष्ट्रिय स्टे डियम निर्माणको कुरा गर्नु सपना जस्तै लाग्छ ।
जनकपुरधाममा रामजानकी अन्तरराष्ट्रिय र ं ग श ा ल ा निर्माणको लागि जग्गाको जोहो भई सकेको छ तर राजनीतिक चलखेलको कारण निर्माण भने अझै सुरु हुन सकेको छैन् । एनपीएलको सफलताले नेपाल सरकारसंगै राजनीतिक दलका नेताहरुलाई खेलको महत्व तथा खेल उद्योगको संभावना बारे थोर–बहुत चेतना आएको होला भने आशा गर्न सकिन्छ ।
तीनै तहका सरकारलाई थाहा छ कि छैन– आजका युवाहरु कुलतमा फस्दै छन् । चुरे भन्दा उत्तरका जिल्लाहरुमा गाँजाको खेती हुन्छ । पहाडी जिल्लाहरुमा उत्पादन हुने गाँजा मधेशहुंदै भारतसम्म पुग्छ । यसैगरि नेपालमा उत्पादित विभिन्न ब्राण्डका रक्सी पनि चोरी निकासी भई भारतीय बाजारसम्म पुग्ने गरेको छ ।
भारतबाट भने लत्ता–कपडा, इलेक्ट्रोनिक्स सामानसंगै नाइट्रोजन र फेन्सीड्रीलजस्ता प्रतिवन्धित लागू ओषधि नेपाल भित्रिदै छन् । अर्को शब्दमा भनौं भने नेपाल– भारतबीच बार्टर सिस्टम लागू छ– ‘गाँजा र रक्सी लेऊ । ड्रग्स देऊ ।।’अचेल नेपालका ७७ जिल्ला मात्र होईन, ७ सय ५३ पालिका तथा ६ हजार ७ सय ४३ वटा वडामा ं जनपथ र सशस्त्र प्रहरीको सञ्जाल छ ।
सीमा क्षेत्रमा सशस्त्रको बोर्डर आउट पोष्टसंगै जनपद प्रहरीका संरचनाहरु छन् ।अनि वडा वडासम्म प्रहरीको पहुंच रहेको नेपालमा प्रतिवन्धित गाँजा खेती कसरी हुन्छ ? सीमाक्षेत्रमा सशस्त्रको बिओपी र जनपदको प्रहरी संरचना रह्दा रह्दै नेपालबाट गाँजा र रक्सीको तथा भारतबाट ड्रग्सको तस्करी कसरी हुन्छ ? मैले माथि उठाएका सवालका जवाफ खोज्न कहिकतै जानु पर्दैन । एक साताभित्रका पत्र–पत्रिका र रेडियो–टेलिभिजन पढे–हेरे हुन्छ ।
सीमावर्ती भारतीय बाजारहरुमा खुल्लम खुल्ला नेपाली रक्सीको बिक्री भएको देख्न सकिन्छ । गाँजा, रक्सी र ड्रग्स युवा पुस्ताका सबभन्दा ठुलो शत्रु हो । जसले युवा पुस्ताको स्वास्थ्य, चरित्र र भविष्य तीनै बिगार्दै छ । तर दुर्भाग्य सरकोकारबाला सरकारी निकाय मौन छन् । तर सात कक्षा पुग्दै नपुगी आजका युवाहरु कुलतमा किन फंस्न थालेका छन ? यस सवालको जवाफ हामीले नै खोज्ने हो । स्कूलको विदापछि उनिहरुले के गर्ने ? स्कूलहरुका खेल मैदानमा खेल हुन्छ कि राजनीतिक वा धार्मिक कार्यक्रम? पुराना पुस्तकालयहरु सञ्चालनमा छन कि छैनन्