रामायण काँन्क्लेव अन्तर्गत आइतबार भएको काव्य सन्ध्यामा विभिन्न श्रष्टाहरुले आ आफना रचना प्रस्तुत गरेका छन् ।
दुई दिवसीय कार्यक्रम अन्तरगत आइतबार भएको कार्यक्रममा चिराग जैन, सौरभ जयसवाल, सुफलता त्रिपाठी, अनिल चौवे लगायतले आ आफना कविता वाचन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले यस किसीमको कार्यक्रमले दुई देश विचको धार्मिक, सांस्कृतिक, आर्थिक, पर्यटकीय, प्रर्वद्धन लगायतका गतिविधिमा तीव्रताका संगै धार्मिक सांस्कृतिक सम्वन्ध प्रगाढ हुने धारणा राखेका थिए । कार्यक्रममा कविहरुले आ आफनो रचना प्रस्तुत गरी सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
आइतबार भएको कार्यक्रममा भारतीय चर्चित लोकगीत गायिका पद्मश्री मालिनी अवस्थीले गायन प्रस्तुत गरेकी थिईन । कार्यक्रमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको पनि उपस्थिति रहेको थियो ।


