
संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरधामद्वारा जानकीचोकमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा संघीय हिन्दू गणतन्त्रको माग गर्दै विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका थिए । आयोजकले संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि जनस्तरमा जागरण अभियानलाई तीव्र बनाउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीयबासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अभियानले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा जनचेतना फैलाउने योजना रहेको र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिने कुरा आयोजक पक्षले बताएको छ । धर्ना कार्यक्रममा मनीष पुर्वे, उर्मिला देवी महतो, पंकज झा, दीपेन्द्र झा, प्रवीण राय, इन्दल पासवान, राम प्रमोद महतो, र शम्भु साहलगायतको उपस्थिति रहेको थियो।