२०८१ पुष ८, सोमबार १७:०४

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा भविष्य नदेखेकोले आशा जागृत गर्नुपर्ने बताएका छन्।

नेपालले पछिल्ला ३० वर्षमा उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन भने नरोकिएको बताए।

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै रिजालले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको बताए।

तर युवाहरू ‘कन्भिन्स’ हुन नसकेको उनको भनाइ छ।

‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धि गर्यौं। यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ। आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ। तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन्,’ उनले भने, ‘कन्भिन्स छैन। सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन।’

उनले अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महशुस गरिरहेको पनि बताए।

‘यसलाई चिरेर आशा र विश्वास जागृत गर्ने र हामीले नै बनाएको संविधानबाट लोकतन्त्रको बाँकी पक्षमा काम गर्नुपर्छ। हामीले संविधानमा लोकतन्त्रको मूल्य र मान्यतामा आधारित भनेका छौं। त्यसमध्ये एउटा मात्र आवधिक निर्वाचन भन्ने कुरा छ। आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो। अहिले पनि कृतिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ,’ उनले भने, ‘जनताले दिएको बहुमत कुनै पनि राजनीतिक दलले पुर्‍याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तन गर्नुपर्ने छ।’

Comment

Related News

Latest News

Trending News