अपडेट 
२०८१ पुष ९, मंगलवार ०८:१८

नविल बैंकका तत्कालीन शाखा प्रमुख किशोर साह पक्राउ परेका छन् । जनकपुरधामस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुख साह ठगी आरोपमा पक्राउ परेका हुन् ।

साहलाई धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको छ । आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान शुरु गरिएको छ । उनीमाथि १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा अपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको छ । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ । गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका–४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नुआगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छन् ।

नेपाल बंगलादेश बैंक र नविल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नविल बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका साह पछिल्लो समय जनकपुरधामस्थित शाखा प्रमुखका रूपमा काम गर्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News