२०८१ पुष ९, मंगलवार १६:०५

म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरिएको छ।

मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको हो।

नेपाली राजदूतावास बैंककले विज्ञप्ति निकालेर मेवाडीबाट उद्धार गरी ल्याइएका पाँच जना नेपालीमध्ये चार जना पुरूषलाई पुस २ गते नेपाल फर्काइएको उल्लेख छ।

साथै मंगलबार एक जना महिलालाई पनि नेपाल पठाइएको दूतावासले जनाएको छ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।

Comment

Related News