अपडेट 
२०८१ पुष १०, बुधबार ०७:५७

रौतहट जिल्लाको कटहरिया नगरपालिकाको कार्यालयमा उपमेयर रीता देवी यादवको नेतृत्वमा तालाबन्दी गरी नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारेको छ ।

मंगलवार उपमेयर यादवसहित वडा नम्बर १, २, ४, ५, ६ र ७ का वडाध्यक्षहरूले कार्यालयमा ताला लगाएका छन् । उपमेयर यादवको अगुवाइमा वडाध्यक्षहरूले मेयर अजय प्रकाशको मनोमानी शैलीको विरोध गर्दै बाध्यतामा यो कदम चालेको बताएका छन् । ताला लगाएर योजना शाखा, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कोठा लगायत नगर कार्यपालिकाको मुख्य भवनका सबै सेवा अवरुद्ध गरेको थियो ।

मेयर अजय प्रकाशले उपमेयर यादवसहितका केही वडाध्यक्षहरूले ऐनकानुन विपरीत कार्य गर्न दबाब दिएको र त्यसो नगर्दा योजनावद्ध तवरले ताला लगाइएको आरोप लगाए । उनले नियमअनुसार असन्तुष्ट पक्षसँग संवाद गर्न आफू सधैं तयार रहेको स्पष्ट पारे । सेवाग्राहीका काम अवरुद्ध भएपछि सर्वसाधारणले समस्या भोगिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News