अपडेट 
२०८१ पुष १०, बुधबार १९:३८

भारतको सन्दीप युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि पुरस्कार जित्नेसहित उच्च शिक्षामा छात्रवृतिमा अध्ययन गर्न पाउने अवसर ल्याएको छ ।

कक्षा १२ मा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि २१ हजारदेखि ५ हजार रुपैयासम्म १० जना विद्यार्थीका लागि पुरस्कार, प्रतिष्पर्धामा सहभागी मध्ये इन्जिनीयरिङ्ग, मेडिकल लगायतका संकायमा उच्च शिक्षा गर्नेहरुलाई २५ प्रतिशतसम्मको छात्रवृति योजना सो युनिभरसिटीले ल्याएको छ ।

बुधवार युनिभरसिटीका मार्केटिङ्ग क्षेत्रिय मैनेजर पंकज चौधरीले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी सन्दीप प्रतिभा सम्मान २०२५ नाम दिइएको यी योजना अन्तर्गत पुरस्कार, छात्रवृतिसँगै , एआई, एमएल र ईभी सहितका कोर्षहरु निशुल्क गराउने र टप ५ विद्यार्थीलाई प्रसंसापत्र र मेमेन्टो प्रदान गरिने जानकारी दिए ।

युनिभरसिटीले २०२५ फरवरी २२ तारिख अर्थात फागुन १० गतेका दिन सहभागी विद्यार्थीहरुको परिक्षा लिइने जानकारी दिदैं चौधरीले विद्यार्थीलाई पुरस्कार जित्ने मौकासहित आगामी अध्ययनका लागि प्रोफोम गर्न सक्ने क्षमताको पहिचान समेत हुने भएकाले यसमा सहभागी हुन र गराउन विद्यार्थी तथा शिक्षक र अभिभावकहरुसँग आग्रह गरेका छन् ।

परीक्षामा सहभागी हुन रजिष्ट्रेशनका लागि अनलाईन र अफलाईन दुवैको व्यवस्था गरिएको छ । अनलाईन रजिष्ट्रेशन युनिभरसिटीको वेभसाईटमा र अफलाईनका लागि विद्यापति चौकसहित सन्दीप युनिभरसिटीको सम्पर्क कार्यालयमा व्यवस्था गरिएको चौधरीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News