अपडेट 
२०८१ पुष ११, बिहीबार ०७:३८

तस्करहरुसित मिलेमतो गरी अवैध कार्यमा संलग्न रहेको अभियोगमा सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरिलाई हेडक्वाटर तानिएको छ ।

गिरिमाथि आर्थिक अनियमितताको उजुरी नै परेकाले उनलाई गत बिहीबार नै हेडक्वाटर तानिएको स्रोतले जनाएका छन् । उनलाई हेडक्वाटर तानिए पनि अनुसन्धान जारी रहेकाले अन्य एसपीलाई भने पठाइएको छैन । गिरिपछि हेडक्वाटरले मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगीलाई पनि अनुसन्धानका लागि तानेको छ ।

गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिरहेको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका छन् । उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले पुष्टि गरेका छन् । उनीहरु निर्दोष देखिए कार्यक्षेत्रमा फिर्ता पठाइन सक्ने उनले बताए ।

सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी तोकिएको छ । हेडक्वाटर तानिएका एसपीहरुलाई तस्करीलाई संरक्षण गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News